जनकपुरधाम: नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
जनकपुरले मंगलवार सामाजिक संजाल मार्फत पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो।
पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक हुन्। पुबुदुको प्रशिक्षणमा नेपाली टोली पहिलो पटक सन् २०१४ मा विश्वकपमा सहभागी भएको थियो।
पुबुदुलाई मुख्य प्रशिक्षक जिम्मेवारी पाउँदा खुसी लागेको जनकपुरले बताएको छ। जनकपुरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख रहेका छन्।