घुम – अनशन स्थलबाटै घुम जोरबङ्लो महाविद्यालयमा सहप्राध्यापकगणले अध्ययापन गरेका छन्। उनीहरूले शिक्षालाई तिरस्कार गरेर होइन, शिक्षासँगै आन्दोलन अघि बढ्नेछ भनी बताएका छन्। त्यसरी नै कोठाभित्र कक्षा चल्ने छैन बरू यसरी अव्यवस्थित रूपमा हामीलाई राख्ने कार्य भए बजारबीचतिर कक्षा सम्पन्न हुनेछ भनी बताएका छन्।
अर्कोतिर घुम जोरबंगलो कलेजको विद्यार्थीहरूले कक्षाको विरोध जनाएका छन्। केही क्षण कक्षा महाविद्यालयको प्राङ्गणमा नै शुरु भएपछि विद्यार्थीहरूले कक्षाको विरोध जनाए। उनीहरू पढ्न चाहने तर अध्ययनका लागि सही व्यवस्थापन नभएको विद्यार्थीहरूले जनाउँदै कक्षालाई वहिष्कार गरे। सही व्यवस्थापन नभएसम्म कक्षा नगर्ने विद्यार्थीहरूको मांग रहेको छ।