चितवन: मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ।
मर्मत सम्भारका लागि आजदेखि आगामी अक्टूबर १७ सम्म बन्द गरिने भएको हो।
मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि अक्टूबर १५, १६ र १७ सम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।










