मोरंग (विराटनगर): देशभर दशैको रौनक छ। सबैले मिठो मसिनो चाड बाड मनारहेका छन। कोहि दशैको बिदा मनाउन गाउँ पसेका छन त कोहि परिवार सहित भ्रमणमा रमाइरहेका छन। अझ विभिन्न दलका नेताहरु त बिदेेश सयरमा समेत छन्। तर यस्तो बेला समेत नेपाली काङ्ग्रेसका नेता तथा सांसद डा. शुनिल शर्मा भने जनताको सेवामै समर्पित छन्। उनी जता पुग्छन त्यतै जन सेवामा समर्पित हुने गरेको कतिपयको भनाइ छ।
दशै मनाउन आफ्नो गृह जिल्ला मोरङ पुगेका शर्माले परिवार सङ्गको रमाइलो होइन जनताको सेवा रोजे। जनताको खबर बुझ्ने र दुख परेकालाई सहयोग गर्ने उनको दिनचर्या बन्यो। उनले दशैको टिकाको दिन समेत आराम गरेनन। बरु जनताको समस्या बुझ्दै गए र पुगे बबिता सरदार कहा। शर्माले ३ महिना अघि देखि खुट्टामा घाउ भएर थलीएकी मोरङ क्षेत्र नं ३- सुन्दरहरैचा -१ बस्ने बबिता सरदारको पीडा हेर्न सकेनन्।
र प्रण गरे उनको सम्पुर्ण उपचार खर्च र औषधीको जिम्मा लिने। उनले सम्पुर्ण उपचार खर्चको जिम्मा लिने आश्वासन मात्रै दिएनन तुरुन्तै एम्बुलेन्स बोलाए तर एम्बुलेन्स आउन समय लाग्ने भएपछी बिरामीलाई आफ्नै गाडिमा राखेर अस्पताल समेत पुर्याए। बबिता सरदर एक प्रतिनिधि पात्र मात्रै हुन मोरङ ३ का हरेक अशक्त र असहायका लागि डा. सुनिल शर्मा एक फरिस्ता बनेर आएका छन्। त्यसैले त्यहाका जनताले उनलाई आदर र सम्मान गर्ने गरेका छन्। उनिहरु भन्छन हामिले भगवान देखेका छैनौ, हाम्रा लागि सुनिल शर्मा नै भगवान को रुप हो।









