गान्तोक: स्यारी निर्वाचन क्षेत्रका विधायक तेन्जिङ नर्बु लाम्थाले आज तादोङस्थित मणिपाल अस्पताल भ्रमण गरेर बिरामीहरूसॅंग भेट गरे। उनले बिरामीहरूलाई सहायता प्रदान गर्नुका साथै उनीहरूलाई प्रोत्साहित गरे।
उनले खॉंचोमा परेका मानिसहरूलाई मद्दत गर्न सबैलाई एकजुट बन्न आह्वान पनि गरेका छन्।
विधायक लाम्थाले हिजो सोच्यागाङस्थित एसटीएनएम अस्पताल भ्रमण गरेर बिरामीहरूसॅंग भेट गरेको र उनीहरूलाई सहयोग पनि गरेको सोशल साइट फेसबुकमार्फत जानकारी गराएका छन्।









