कोचबिहार: कड़ा यातायात व्यवस्था हुँदाहुँदै पनि पूजाको चार दिनभित्रमा जिल्लामा भएका नौवटा दुर्घटनाहरूमा पाँचजना मानिसहरूको ज्यान गयो। पुलिस उपाधीक्षक (यातायात) कुतुबुद्दीन खानले भने, पछिल्लो वर्ष २०२३-को पूजा अवधि जिल्लामा २५ वटा दुर्घटनाहरू भएका थिए जसमा १४ जनाको मृत्यु भएको थियो।यसपालि पूजा आउन धेरै दिनअघिदेखि नै ट्राफिक नियन्त्रण सहित सुरक्षाका मुद्दाहरूमा बल दिइएको थियो। त्यसैले दुर्घटना अनि मृत्युको संख्यामा कमी आएको छ। पुलिस सूत्र अनुसार पूजाका दिनहरूमा कुचलिबाड़ी, मेखली गञ्ज, घोक्साडांगा, कोतवाली औ पुंडीबारी थाना क्षेत्रमा भएका आकस्मिक दुर्घटनाहरूमा मानिसहरूको मृत्यु भयो।









