पाकिस्तानमा पीटीआईका ३५ कार्यकर्ता पक्राउ

00-1-PTI

अक्टोबर १५ मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रदर्शनअघि नै लोहोर पुलिसले सहरका विभिन्न भागबाट ३५ भन्दा बढी पिटिआईका कार्यकर्तालाई पक्राउ गरेको एआरवाई न्यूजले बताएको छ। पञ्जाब पुलिसले डिफेन्स, कोट लखपत र जोहर टाउनलगायत धेरै क्षेत्रमा छापा मारी पीटीआई प्रदर्शन अयोजना गर्न संलग्न भएको विश्वास गरिएका व्यक्तिहरूलाई लक्षित गरेको छ। पाकिस्तानले अक्टोबर १५ र १६ मा साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन आयोजना गर्ने भएकाले प्रहरी कारबाही कानून व्यवस्था कायम राख्ने र कुनै पनि अवरोध रोक्ने हिस्सा हो। इमरान खानले स्थापना गरेको पीटीआईको नेतृत्वले अक्टोबर १५ मा राजनीतिक गुनासोहरूका बारेमा आवाज उठाउने प्रदर्शन गर्ने घोषणा गरेको छ। यसबाट खानको पार्टी र कानून कार्यान्वयन निकायहरूबीच तनाव उत्पन्न भएको छ। उक्त दिन इस्लामाबादमा हुने एससिओ शिखर सम्मेलनको पहिलो दिन हो। घटनाक्रमलाई ध्यानमा राख्दै पुलिस अधिकारीहरूले सार्वजनिक सुरक्षा सुनिश्चित गर्दै मानिसहरूको प्रदर्शन गर्ने अधिकारको सम्मान गर्ने प्रतिबद्धता जनाएको एआरवाई न्यूजले बताएको छ।

पीटीआईले गत साता आफ्नो राजनीतिक समितिको बैठकपछि प्रदर्शनको घोषणा गरेपछि पुलिसको कारबाही आएको हो। सामाजिक सञ्जाल एक्समा पीटीआई केन्द्रीय सूचना सचिव शेख वकास अकरमले अक्टोबर १५ मा इस्लामाबादको डी–चौकीमा ‘शक्तिशाली’ प्रदर्शन हुने बताएको थियो। उनले पञ्जाबमा पीटीआईका प्रदर्शनहरू रद्द गरिएको र पञ्जाबमा थुनामा राखिएका पीटीआई कार्यकर्ता, नेता र प्रान्तीय विधानसभा सदस्य ९एमपिए० लाई रिहा गर्न आह्वान गरको छन्। पीटीआईले सङ्घीय र पञ्जाब सरकारद्वारा गरिएका ‘गैरकानूनी’ छापा र पक्राउहरू अन्त्य गर्न आह्वान गरेको छ। शेख वकास अकरमले सरकारका कार्यले पीटीआई अध्यक्षको जीवन खतरामा परेको र यसले उनलाई आधारभूत मानवअधिकारबाट ‘वञ्चित’ गरेको बताए। उनले सरकारलाई दमन र हिंसा गरेको आरोप लगाउँदै पिटिआई पछि नहट्ने बताए। ‘इमरान खानलाई आधारभूत अधिकार, परिवार र पार्टी नेताहरूसँग पहुँच प्रदान नगरिए अक्टोबर १५ मा सम्पूर्ण पाकिस्तान सडकमा उत्रिनेछ’, उनले भने। यसैबीच पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पीटीआईलाई ‘व्यापक राष्ट्रिय हितमा’ अक्टोबर १५ को प्रदर्शन आह्वान फिर्ता लिन आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement