ताप्लेजुङमा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालबालिका मध्ये एकको शव फेला

IMG-20241014-WA0229

ताप्लेजुङ (फुङलिङ): ताप्लेजुङमा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालबालिकामध्ये एकको शव फेला परेको छ।
अक्टूबर ४मा मैवाखोला गाउँपालिका २ खानीबाट बेपत्ता बालबालिकामध्ये १२ वर्षीय आइतमाया शेर्पा मृत अवस्थामा फेला परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक(डिएसपी )रबी रावलका अनुसार उनको शव आठराई त्रिवेणी गाउँपालिका ४ ओडारे भन्ने स्थानमा मैवाखोलाको किनारमा आज फेला परेको हो। एकै समयमा हराएका ११ वर्षीय सन्देश बराइली भने अझै बेपत्ता रहेका छन्। उनको खोजी भइरहेको रावलले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement