जलपाईगढी: जलपाईगढी जिल्लाको धुपगढी डिभिजन अन्तर्गत सख्वाझोरा नम्बर २ ग्राम पञ्चायतको झल्टियार हाट क्षेत्रमा जुवाको अड्डा रहेको जानकारी पाएलगत्तै पुलिसले छापा मारेको छ। झलटिया हाट पूजा समितिले हरेक वर्ष झैं माता भण्डारी देवीको पूजा आराधना गरेको छ। सोही दिन साँझ पूजाको छेउमा जुवा खेलेको खबर प्राप्त हुनासाथ धुपगढी थानाको पुलिस घटनास्थल पुग्यो। जुवा खेल्ने ठाउँमा पुलिस पसेपछि सबै त्यहाँबाट भागे।









