भीषण सडक दुर्घटनामा तीन जनाको मृत्यु, तीन घाइते

IMG-20240621-WA0012-2

उत्तर दिनाजपुर: उत्तर दिनाजपुरको इस्लामपुरमा दशमीको राति पूजा हेरेर घर जाँदै गरेका दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्l घटना उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थाना अन्तर्गत रामगंजको सुच्यानी क्षेत्रमा आइतबार राति भएको हो। यो घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। मृतक तीनै जनाको घर इस्लामपुर र चोपडा थाना क्षेत्रमा रहेको छ। इस्लामपुर थानाको रामगञ्ज क्षेत्रका तीन युवा पूजा हेर्न चोपडा क्षेत्रमा गएको र चोपडाको शितलागाउँ क्षेत्रका तीन युवा पूजा हेर्न इस्लामपुर आएको स्थानीयवासी र परिवारबाट थाहा भएको छ। पूजा सकेर घर फर्कने क्रममा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा ६ जना गम्भीर घाइते भएका छन्। खबर पाएलगत्तै इस्लामपुर थानाको रामगञ्ज चौकीका पुलिस र स्थानीयवासी घटनास्थलमा पुगे। पुलिस र स्थानीयले घाइतेलाई उद्धार गरी इस्लामपुर उपजिल्ला अस्पताल ल्याए पनि चिकित्सकले तीन जनालाई मृत घोषणा गरे। बाँकीको अवस्था गम्भीर भएकाले ड्युटीमा रहेका चिकित्सकले उनलाई उत्तर बंगाल मेडिकलमा रेफर गरे। इस्लामपुर पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement