खरसाङ: खरसाङको लङ्भ्यु कमानको समस्या समाधान गर्न खरसाङ लङ्भ्यु अम्बटे समष्टीको सभासद कल्पना प्रधानको टोलीले दार्जीलिङ जिल्लापाललाई भेट गरेको छ।
पंखाबारी, अम्बटे, लङ्गभ्यू समष्टिका सभासद कल्पना प्रधानको नेतृत्वमा आज एउटा टोलीले दार्जीलिङ जिल्लापाललाई भेटेर लङभ्यू चियाबगानको बीस बोनसको मांग विषयमा अर्जी पत्र चढाएका छन्। आन्दोलित अनशनकारी अनि अन्य श्रमिकहरुको पक्षमा बोल्दै त्यहाँको समस्या समाधान गर्न हस्तक्षेपको मांग गरेका छन्।
उक्त टोलीले अर्जी पत्रमा चिया बगानको स्थितिलाई अवगत गराउँदै भनेका छन् कि १ अक्टोबर २०२४ मा बोनस सम्बन्धी जारी गरेको एडभाइजरी जो दशैं अघि १६ प्रतिशतले वितरण गर्नु पर्ने थियो तर मालिकवर्गले कुनै पनि युनियनको सर-सल्लाहबिना नै केवल १० प्रतिशत मात्र बोनस श्रमिकहरूको बैंक खातामा हालिदिएको छ। लङ्भ्यु चियाबगानको श्रमिकहरुको अवस्था शोचनीय हुँदैछ साथै त्यहाँ स्थिति आन्दोलित हुन गइरहेको छ। पत्रमा श्रमिकको मांग विषयमा ध्यान आकर्षण गर्दै भनिएको छ कि सम्पूर्ण श्रमिक संगठन साथै श्रमिकवर्गले बोनसको माग बीस प्रतिशत रहेको छ। वर्तमान समयमा लङभ्यु बगानको मालिकद्वारा उत्पन्न भएको समस्यालाई मध्य नजर राख्दै यसलाई चाँडोभन्दा चाँडो समाधान गरिदिने आग्रह गरिएको छ। यसको साथै सम्पूर्ण चियाबारी साथै श्रमिकहरूलाई न्याय दिने आग्रह गरिएको छ।
टोलीमा सभासद प्रणाम रसाइली, पञ्चायत प्रधान मणिराज दुम्जन पनि रहेका थिए। स्मरण रहोस, लङ्गभ्यू कमानमा श्रमिकहरू बोनसको मांग लिएर रिले अनसनमा रहेका छ्न्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




