कोचबिहार मेडिकल कलेज एवं अस्पतालमा ओपीडी बन्द हुँदा बिरामीहरूलाई समस्या

IMG-20241014-WA0206

कोचबिहार: पश्चिम बंगाल इण्डियन मेडिकल एसोसिएसनले जुनियर डाक्टरहरूको अनशनको समर्थनमा ४८ घण्टा हडताल आह्वान गरेको छ। आईएमएको आह्वानमा कोचबिहार मेडिकल कलेज एवं अस्पतालमा मेडिकल कलेजका वरिष्ठ र जुनियर डाक्टरहरू आज बिहानदेखि काम रोकेर आन्दोलनमा सामेल भएका छन्। जसका कारण सर्वसाधारणले समस्या भोग्नु परेको छ। आपत्कालिन विभाग खुले पनि चिकित्सकहरुले आउटपेशेंट डिपार्टमेंट(ओपीडी) बन्द गरेका छन्। जुनियर डाक्टरहरुले आन्दोलन गरिरहेको तर सरकारले जुनियर डाक्टरहरुलाई बेवास्ता गरिरहेको डाक्टरहरु बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement