कालचिनी: जयगाउँ दुई नम्बर ग्राम पञ्चायतका एक्जीक्यूटिभविरुद्ध जयगाउँ दुई नम्बर ग्राम पञ्चायतका प्रायः सम्पूर्ण पञ्चायत सदस्यहरु एकबद्ध बनेका छन्। बुधबार फेरि जयगाउँ दुई नम्बर ग्राम पञ्चायतका प्रधानलगायत पञ्चायत सदस्य पासाङ शेर्पा र अन्यान्य पञ्चायत सदस्यहरु एक्जीक्यूटिभ विरुद्ध ज्ञापन लिएर डुवर्सकन्या पुगेका थिए भने त्यहाँ जिल्ला शासक कार्यालयमा ज्ञापन जमा गरेको पञ्चायत सदस्य पासाङ शेर्पाले जनाएका छन्। जयगाउँ दुई नम्बर ग्राम पञ्चायतका एक्जीक्यूटिभ विरुद्ध लगातार विरोधको स्वरहरु आईरहेको र तिनले प्रधान उपप्रधान अनि पञ्चायत सदस्यहरु कसैलाई पनि कुनै सूचना नदिई आफ्नो मर्जीले काम गर्दै आईरहेको र जनप्रतिनिधिहरुको संज्ञानमा कुनै जानकारी नदिई मर्जीले काम गर्न खोजेकोले ग्राम पञ्चायत सञ्चालन गर्न अप्ठ्यारो पर्न गईरहेकोले अविलम्ब त्यस एक्जेक्यूटिभलाई स्थानान्तरण गरेर अर्को अधिकारी पठाईदिने पञ्चायत सदस्यहरुले आग्रह गरेका छन्।