सिलगढी: हरेक वर्ष जस्तै यस वर्ष पनि सिलगढीमा भव्य पूजा कार्निभल आयोजना गरिने भएको छ। यसका लागि तयारी भइरहेको शहरका मुख्य सडक सजाइँदैछ, एयरभ्यु मोडमा अल्पना (रङ्गोली) बनाइएको छ। यसका लागि मंच पनि तयार भइसकेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा कोलकातालगायत राज्यका सबै ठूला शहरहरूमा पूजा कार्निभल आयोजना गरिन्छ। यसमा ठूला-ठूला पूजा क्लबका मूर्तिहरू शोभायात्रा निकालेर विसर्जन गरिन्छ।

सो अवसरमा विभिन्न क्लबहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ। सम्पूर्ण कार्यक्रममा मेयर गौतम देव, जिल्ला अधिकारी, जिल्ला पुलिस उपरीक्षक तथा नगरका प्रतिष्ठित नागरिकहरुको उपस्थिति रहनेछ। पूजा कार्निभल हेर्न मानिसहरुको ठूलो भिड लाग्ने गर्दछ।