खरसाङ: खरसाङ ब्याडमिन्टन एशोसिएसनले जीटीए प्रमुख अनित थापाको आर्थिक सहयोगमा कोर्ट म्याट लगाएको छ। खरसाङको पार्क लोकेसनमा अवस्थित ब्याडमिन्टन कोर्टले नयाँ काँचुली फेरेको छ। खरसाङ ब्याडमिन्टन एशोसिएसनले सञ्चालन गर्ने यस कोर्टमा विद्यार्थीहरूदेखि लिएर बुजुर्गहरू पनि ब्याडमिन्टन खेल्न आउँछन्। खेललाई अझ आकर्षित पार्न आज कोर्टमा लगाइएको कोर्ट म्याटको अनित थापाले उद्घाटन गरिएको छ।
एशोसिएसनले दिएका जानकारी अनुसार कोर्ट म्याट लगाउँदा लगभग तीन लाख खर्च लागेको छ। अनित थापाले व्यक्तिगत रूपमा आर्थिक सहायता दिएको जानकारी प्राप्त भएको छ।










