सप्तरी (राजबिराज): वडादशैँ, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा सप्तरीको बोदे बर्साईन नगरपालिकाको आर्थिक सहयोग तथा बोदे बरसाईन युवा समाजको आयोजना गरिएको छैठौं मेयर गोल्डकप फुटवल प्रतियोगिता २०२४ को आज एक कार्यक्रमको बीच नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री माननीय तेजु लाल चौधरीको प्रमुख अतिथिमा आज खेलको उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले पर्यटन प्रवर्द्धनका निम्ति यो फुटबल प्रतियोगिता उपयोगसिद्ध हुने धारणा राखे। उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिहरुमा राष्ट्रिय सभा सदस्य एवं पूर्व कृषि तथा सहकारी मन्त्री मृगेन्द्र कुमार सिंह यादव, नेपाली काग्रेसका संविधान सभा सदस्य सुरेन्द्र प्रसाद यादव, बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, उपप्रमुख रेणु कुमारी साह, नगरपालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष, जसपाका केन्द्रीय सदस्य महिला नेत्री डा. बबि सिंह यादव, नेता दिपेन्द्र कुमार यादव, ईलाका प्रहरी कार्यालय बोदे बारसाईनका प्रमुख, सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुख, विभिन्न पार्टीका राजनैतिककर्मी, कर्मचारी, व्यापारी,बुद्धिजीवी,पत्रकार,महिला तथा स्थानीयको उपस्थित रहेको थियो।
कार्यक्रमलाई उद्घोष गर्दै चन्द्रा नमूना मा. बिधालयको शिक्षक जीतेन्द्र प्रसाद गुप्ताले खेलाडीहरु एवं पाहुना दर्शकहरुलाई शब्दद्धारा स्वागत गरेको थियो।

उक्त प्रतियोगिताको उद्घाटनमा माउन्ट एभरेस्ट बो स्कुलका बिद्यार्थीहरु द्वारा खेलाडीहरु, सम्पूर्ण अथिति तथा दर्शक महानुभावहरुलाई स्वागत गरेको थिए।
बोदे बर्साईन युवा कर्मचारी समाजको सहकार्यमा तथा खेलकुद समितिका अध्यक्ष बिमल कुमार यादवको अध्यक्षतामा भएको खेलमा आज भएको पहिलो उद्घाटन खेल बेङ्खाडी युवा क्लब महोत्तरी र दुधौली स्पोर्ट्स क्लब सिन्धुली बीच भएको खेलमा महोत्तरीले ० का विरुद्ध ०२ गोलको अन्तरले महोत्तरी टिमले सानदार जित हात पारेको हो। जिल्ला तथा प्रदेशबाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु यतीखेर श्री चन्द्रा नमूना मा बिधालयको खेलमैदानमा देखिएका छन्।
खेल प्रतियोगितालाई हेर्न जिल्लाका विभिन्न भाग लगायत छिमेकी जिल्लाहरुबाट समेत उल्लेखिय संख्यामा दर्शकहरुको भिडलागेका छन्।

खेलमैदान आसपास क्षेत्रमा विभिन्न भागबाट आएका मानिसहरु देशीविदेशी खेलाडीहरुको खेल हेर्न उत्सुकताका साथ जुटेको कुरा आयोजक समितिले जानकारी गराएको हो।