मुम्बई: पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले आईपीएलको मेगा लिलामी अघि ठूलो फेरबदल गर्दै श्रीलंकाका पूर्व कप्तान माहेला जयवर्धनेलाई टीमको मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। जयवर्धने २०१७-देखि २०२२-सम्म मुम्बई इण्डियन्समा यसै भूमिकामा रहेका थिए। फ्रेञ्चाइजीले २०१७, २०१९ र २०२०-२१-मा इण्डियन प्रीमियर लीगको खिताब जितेको थियो। मुम्बई इण्डियन्सको टीममा जयवर्धनेले दक्षिण अफ्रिकाका मार्क बाउचरको स्थान लिनेछन्, जो २ सालसम्म टीमका मुख्य प्रशिक्षक थिए। मुम्बई इण्डियन्सले २०२३ चरणमा नक्आउटको निम्ति क्वालीफाई गरेको थियो तर यस साल टीमको प्रदर्शन हताशाजनक रह्यो अनि १४-मा केवल ४ वटा म्याच जित्न सकेको थियो। जयवर्धनेले फ्रेञ्चाइजीद्वारा जारी एउटा विज्ञप्तिमा भनेका छन्, मुम्बई इण्डियन्स परिवारमा मेरो यात्रा सदा विकास गर्ने रह्यो। २०१७-मा ध्यान सर्वश्रेष्ठ क्रिकेट खेल्नको निम्ति प्रतिभाशाली खेलाड़ीहरूका एउटा ग्रुप बनाउनुमा थियो अनि हामीले असल प्रदर्शन गऱ्यौं। अब फेरि त्यही भूमिकामा फर्किएर मुम्बई इण्डियन्सको इतिहासमा योगदान दिन जारी राख्ने एउटा रोमाञ्चक चुनौती रहेको छ, जसको मलाई प्रतीक्षा रहेको छ।