झापाका छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

IMG-20241014-WA0118

झापा (काकरभिट्टा): झापाका छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर-७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-०१७ प ७४४ नम्बरको मोटरसाइकलले सोही स्थानमा विपरित दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर-७ का ५० वर्षीय विगेन राजवंशीको मृत्यु भएको प्रहरी डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए। उक्त दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर-६ का २० वर्षीय अभिषेक लिम्बू र मोटसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन्। घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।
यस्तै कमल–४ अमलडाँगीस्थित पूर्व-पश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सो दुर्घटनामा शिवसताक्षी-८ का वर्ष ३३ वर्षीय अनिलकुमार लिम्बू र सो स्थानका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement