झापा (धुलाबारी): झापा मेचीनगर निवासी चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक सोबिलाल मेचेको निधन भएको छ।
करिब दुई दशकसम्म नेपाली चलचित्रमा निर्देशक र कलाकारको रूपमा सक्रिय मेचे एक वर्षयता पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण थलिएका थिए। आर्थिक अभाव भएपछि कलाकार मेचेले घरबाटै स्वास्थ्य उपचार गर्दै आएका थिए।
मेचेले नेपाली, मेचे र राजवंशी भाषाका चलचित्र ‘जेन्नै तेन्नै, बगानेर फूल, सितार सिन्दुर’ जस्ता चलचित्रमा अभिनय गरेका थिए ।उनले भारतमा पनि दर्जनौँ चलचित्रमा कलाकार भएर भूमिका निर्वाह गरेका थिए ।उनी थुप्रै फिल्महरुमा द्वन्द्व निर्देशक, निर्माता र नेपाली सर्ट सिरियल तथा कमेडी भिडियो क्लिपमा कलाकारको भूमिकामा देखिएका थिए।
मेचीनगर-११, धाइजन निवासी मेचे नेपाल चलचित्रकर्मी महासंघ कोशी र नेपाल चलचित्र द्वन्द्व कलाकार संघ कोशी प्रदेश सदस्य रहेका थिए।