हकी इण्डिया लीगमा ७८ लाख रुपियाँको बोलीसहित सबैभन्दा महँगो खेलाड़ी बने हरमनप्रीत

IMG-20241014-WA0117

नयाँ दिल्ली: सात सालपछि पुनः शुरु हुन गइरहेको हकी इण्डिया लीगको निम्ति खेलाड़ीहरूका लिलामीमा भारतीय कप्तान हरमनप्रीत सिंहको निम्ति सर्वाधिक ७८ लाख रुपियाँको बोली लाग्यो। उनलाई सूरमा क्लब पञ्जाबको टीमले हासिल गऱ्यो। स्टार ड्र्याग फ्लिकर हरमनप्रीत र भारतीय टीममा सामेल खेलाड़ीहरूलाई हासिल गर्नको निम्ति लिलामीमा टीमहरूबीच गजबको होड़ र उत्साह देखियो। भारतीय कप्तानको साथमा अभिषेक शर्मा दोस्रो सबैभन्दा महँगो खेलाड़ी रहे, जसलाई श्राजी रारह बंगाल टाइगर्सले ७२ लाख रुपियाँमा किन्यो। हार्दिक सिंहलाई यूपी रुद्राक्षको टीमले ६० लाख रुपियाँको बोलीमा हासिल गऱ्यो। यसबाहहेक अमित रोहितदासलाई तमिलनाडु ड्रेगन्सले ४८ लाख रुपियाँ जबकि जुगराज सिंहलाई त्यति नै राशिमा श्राजी रारह बंगाल टाइगर्सले आफ्नो टीममा सामेल गऱ्यो। हैदराबाद तूफान्सले सुमितको निम्ति ४६ लाख रुपियाँ खर्च गऱ्यो। यसबाहेक मनप्रीत सिंह र विवेक सागरले पनि मोटो अनुबन्ध हासिल गरे।
विदेशी गोलकीपरहरूमा जर्मनीका जीन पाल डेनेबर्गको निम्ति हैदराबादले २७ लाख रुपियाँको बोली लगायो। भारतीय गोलकीपरहरूमा कृष्ण बहादुर पाठक २३ लाख रुपियाँमा कलिंगा लान्सर्स, सूरज करकेरा २२ लाख रुपियाँमा टीम गोनासिका र पवन १५ लाख रुपियाँमा दिल्ली एसजी पाइपर्समा सामेल भए। तीन दिवसीय बोलीको पहिलो दिन पुरुष खेलाड़ीहरूमा बोली लाग्यो। लीगमा पुरुष वर्गमा ८ र महिला वर्गमा ६ वटा टीमले हिस्सा लिनेछ। पुरुष वर्गमा सूरमा क्लब पञ्जाब, तमिलनाडु ड्रेगन्स, यूपी रुद्राक्ष, दिल्ली एसजी पाइपर्स, श्राजी रारह बंगाल टाइगर्स, बेदान्त कलिंगा लान्सर्स, हैदराबाद तूफान्स र टीम गोनासिकाको टीमले हिस्सा लिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement