बस दुर्घटनामा घाइते हुने यात्रीहरूलाई राज्य सरकारको आर्थिक सहायता: मुख्यमन्त्री तामाङ

IMG_20220824_224731.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले रानीपुल छेउ ७ माइलमा आज दिउँसो सिलगढीतिर गइरहेको दैनिक बस सेवा अप्साराकाे दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। याे कुरा मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा बताएका छन्।

मुख्यमन्त्रीले यस बस दुर्घटनामा घाइते हुने यात्रीहरूलाई सरकारको तर्फबाट ५०-० हजार रूपियॉं प्रदान गर्ने घोषणा गरेका छन्। यसरी नै, उनले राज्य बाहिर रेफर भएका घाइतेहरूलाई २ लाख रूपियॉं दिने घोषणा गरेका छन्। उनले घाइतेहरू सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

उल्लेखनीय छ, गान्तोकबाट सिलगढी गइरहेको एउटा बस आज दिउॅंसो रानीपुल छेउ सात माइलमा दुर्घटनाग्रस्त भयो। दुर्घटनामा कम्तिमा २९ जना घाइते भएका छन् भने केही यात्रीहरूलाई गम्भीर चोट लागेको छ। घाइतेहरूलाई मणिपाल अस्पतालमा भर्ती गरिएको छ। एकजना घाइतेलाई सिलगढी रेफर गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement