३ देखि ९ नोभेम्बरसम्म भाषा गौरव सप्ताह मनाइने मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको घोषणा

Himanta-Biswa-Sarma-CM-Assam-PNG-Image

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले असमिया भाषालाई शास्त्रीय भाषाको मान्यता​ दिएको उपलक्ष्यमा असममा ३ देखि ९ नोभेम्बरसम्म भाषा गौरव सप्ताह मनाउने बताएका छन्।
मुख्यमन्त्री डा. सरमाले आज सोशल मिडियाको माध्यमद्वारा उक्त जानकारी दिएका छन्। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रिय मन्त्रीमण्डलले आधिकारिक रूपमा असमियालाई शास्त्रीय भाषाको रूपमा मान्यता दिएको छ। यस ऐतिहासिक उपलब्धको खुशी मनाउनका लागि असममा ३ देखि ९ नोभेम्बरसम्म भाषा गौरव सप्ताह मनाइने छ।
मुख्यमन्त्रीले भने, भाषा गौरव सप्ताहको एक हिस्साको रूपमा विश्वविद्यालय, स्कूल र नागरिक समाज संगठन असमिया लेखक र विद्वानहरूको योगदानको सम्मान गर्न एक विशेष कार्यक्रम आयोजना गर्नेछ, जसको कामले चौथो शताब्दीदेखि भाषालाई आकार दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement