बिरामीहरूसॅंग भेट गरे विधायक लाम्थाले

IMG-20240717-WA0003

गान्तोक: स्यारी निर्वाचन क्षेत्रका विधायक तेन्जिङ नर्बु लाम्थाले आज लप्सी बोटेमा बिरामीहरूसॅंग भेट गरेर सहायता प्रदान गरेका जानकारी विधायकले सोशल साइट फेसबुकमार्फत दिएका छन्।
विधायक लाम्थाले बिरामीहरूसॅंग भेट गरेर उनीहरूका कथाहरू सुनेको जानकारी गराएका छन्। उनले बिरामीहरूलाई सहायता गर्दै प्रोत्साहन प्रदान गरेको बताएका छन्। उनले बिरामीहरूलाई सकारात्मक रहन र निरोगी बन्ने दिशामा ध्यान केन्द्रित गर्न आह्वान गरेको बताएका छन्। उनले सबैका लागि स्वास्थ्य देखभाल र सहायता सुनिश्चित गर्न आफु प्रतिबद्ध रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement