पुलिस बजारमा भीषण आगलागी

english-sentinelassam_import_h-upload_2023_04_04_449128-06aab014-c824-4958-97c7-ab5922eba1db

शिलाङ: मेघालयको राजधानी शिलाङमा आज बिहान भीषण आगलागी भएको छ।शिलङ तथा मेघालयको मुख्य वाणिज्यिक केन्द्र पुलिस बजारको ओबी शपिङ मलमा आगलागी भएको हो।आगो शर्टसर्किटका कारण लागेको बताइएको छ। बिहान आगलागी भएकाले धेरै भीड थिएन। यस घटनामा अहिलेसम्म कसैलाई चोटपटक लागेको सूचना छैन। सम्पत्तिलाई पुगेको क्षतिबारे पनि ठोस सूचना छैन। यस बीच शिलङका पुलिस अधीक्षक डार्विन एम साङ्गमाले घटनाको पुष्टि गर्दै आगलागीमा धेरै क्षति पुगेको बताए। उनले आगोलाई नियन्त्रित गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement