जूनियर डाक्टरहरूको आह्वानमा अधिकांश मानिसहरुले घरमा चुल्हा जलाएनन्

202410050271-1-scaled

कोलकाता: आरजी कर मामिलामा न्यायको मागलाई लिएर जूनियर डाक्टरहरूको अनशन लगातार जारी छ। यस बीच आन्दोलनरत जूनियर डाक्टरहरूले आइतवार मानिसहरूलाई चुल्हा बन्द राखेर आन्दोलनप्रति समर्थन व्यक्त गर्न अपील गरेको थियो, जसमाथि मानिसहरूद्वारा सकारात्मक प्रतिक्रिया प्राप्त भयो।
धेरै संख्यामा मानिसहरूले आफ्नो घरमा एक समयको भोजन पकाएनन्। उनीहरूले चिकित्सकहरूको आन्दोलनप्रति समर्थन व्यक्त गरे। शनिवार भोक हडतालमा बसेका जूनियर डाक्टरहरूले मानवबन्धन बनाएर भोक हडताल गर्ने आह्वान गरेका थिए। पोस्टरमा लेखिएको थियो, चुल्हा बन्द गर्ने संकल्प लिउॅं, सत्तारूढ शासकलाई धिक्कर छ।’
जूनियर डाक्टरहरूको आह्वानमा आज अर्थात आइतवार धेरै घरहरूमा चुल्हा बन्द राखियो। आइतवार जुनियर डाक्टरहरूको भोक हडतालमा एक स्थानीय महिला पुगिन्। उनले भनिन्, हाम्रा नानीहरूले केही खाएका छैनन्। हामीले एक समयको भोजन नलिॅंदा केही हुने छैन। यदि नानीहरूले खॉंदैनन् भने हामी कसरी खान सक्छौं।यसैगरी, हावडाकी एक महिला आज धर्मतलामा धरनास्थल पुगिन् र भनिन्, हामी आज प्रतीकात्मक भोक हडतालमा छौ। उनले आन्दोलनरत चिकित्सकहरूप्रति आफ्नो समर्थन व्यक्त गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement