गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो परिवारको साथमा गोर्खा/नेपालीहरूको महान चाड दशैं मनाएका छन्। मुख्यमन्त्रीले दशैंको टिकाका फोटोहरू साझा गर्दै सबैमा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
‘परिवार, प्रेम र प्रिय परम्पराहरूको न्यानोपनबीच यो सुन्दर चाड मनाउन पाउँदा म धेरै धन्य महसुस गर्दछु। यो खुशी, सौभाग्य र अन्धकार विरूद्ध उज्यालोको सधैं जित हुन्छ भन्ने शक्तिशाली अनुस्मारकको समय हो।’ यो दशैंले सबैमा शान्ति र समृद्धि लिएर आओस् भनी मुख्यमन्त्रीले कामना पनि गरेका छन्।











