गान्तोक: सशस्त्र सीमा बल (एसएसबी) सिलगढी, सीमान्त मुख्यालयका महानिरीक्षक सुधीर कुमार र उप महानिरीक्षक बलवान सिंहले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेटको क्रममा एसएसबीका अधिकारीहरूले राज्यपाललाई एसएसबीद्वारा सिक्किमलगायत देशका विभिन्न ठाउॅंहरूमा जारी पहलहरूको बारेमा जानकारी गराए। अधिकारीहरूले राज्यपाललाई स्वयंसिद्ध नाम पुस्तक भेट स्वरूप प्रदान गरे, जसमा महिला कर्मीहरूको योगदान र देशको रक्षामा महिला कर्मीहरूको महत्त्वपूर्ण भूमिकाको बारेमा जानकारी उल्लेख छ। राज्यपाल माथुरले शान्ति एवं व्यवस्था लगायत नागरिकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न एसएसबीका प्रयासहरूको सराहना गरे। उनले एसएसबीका भावी प्रयासहरूको निम्ति शुभकामना व्यक्त गरे।










