गुवाहाटी: आइतवार बिहान ७.४७ बजी असम र छिमेकी देश भोटानका धेरै हिस्साहरूमा भूइँचालोको झटका महसूस गरियो। रिक्टर स्केलमा यसको तीव्रता ४.६ मापियो। नेशनल सेन्टर फर सीस्मोलोजी (एनसीएस) अनुसार, भूकम्पको केन्द्र असमको उदालगुरी नजिक १५ किलोमीटरको गहराईमा थियो।भूकम्पको निर्देशांक २६.७३ उत्तरी अक्षांश र ९२.३२° पूर्वी देशान्तर थियो। भूकम्पको झटका ढेकियाजुली, तवाङ, बरपेटा, ग्वालपाड़ा, उत्तर लखीमपुर, इटानगर, जोरहाट, तेजपुर, गोलाघाट, गुवाहाटी, नगाउँ र डिमापुर सहित धेरै क्षेत्रहरूमा महसूस गरियो। यसमा कोही हताहत भएको वा ठूलो क्षतिको सूचना छैन।











