कामरूप: कामरूप (ग्रामीण) जिल्लान्तर्गत रंगिया नजिक भएको एक सड़क दुर्घटनापछि स्थानीय मानिसहरूको सहयोगमा कारबाट चोरीका १२ वटा बाख्रा जफ्त गरिएको छ भने यस घटनामा दुईजनालाई पुलिसले पक्राउ पनि गरेको छ।रंगिया नजिक केंदुकोना क्षेत्रमा तीव्र गतिमा आइरहेको कार (एएस ०१ ईजेड-७०४६) डिभाइडरसित ठोक्किदा भएको दुर्घटनापछि स्थानीय मानिसहरू कार चालक र कारमा सवार अन्यलाई बचाउनका लागि घटनास्थलमा पुगे। घटनास्थलमा पुगेका स्थानीय मानिसहरूके कारभित्र धेरैवटा बाख्राहरूलाई देखे। त्यसपछि तुरून्त पुलिसलाई जानकारी दिए। पुलिसले घटनास्थलमा पुगेर चोरीका १२ वटा बाख्राहरूलाई जफत गऱ्यो। साथै दुईजना बाख्रा चोरलाई पनि पक्राउ गरिएको छ। जबकि दुईजना बाख्रा चोर भाग्न सफल भए।











