मिजोरममा मेथम्फेटामाइन गोलीसहित दुई पक्राउ

Screenshot_20241013_215650_Chrome

आइजोल: मिजोरम पुलिस र असम राइफल्सको एक संयुक्त टीमले मिजोरमको दक्षिण लाङतलाई जिल्लामा लाङतलाई बुङ्टलाङ रोक जङ्कशनबाट १० हजार मेथम्फेटामाइन गोली बरामद गरेका छन् भने यस घटनामा दुई आरोपी व्यक्तिलाई पनि पक्राउ गरिएको छ। जफ्त गरिएका नशालु पदार्थको मूल्य तीन करोड रूपियॉं अनुमान लगाइएको छ। गुप्त सूचनाको आधारमा असम राइफल्सको टीमले मिजोरम पुलिससॅंग समन्वय राख्दै द्रुत गतिमा अभियान चलायो र भारी मात्रामा मेथम्फेटामाइन गोलीसहित दुई आरोपीलाई पक्राउ गऱ्यो। पुलिसले आरोपीहरू विरूद्ध मामिला दर्ता गरेर कानुनी कारबाही शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement