नेपाल पुलिसका आइजिपी बसन्त बहादुर कुँवरद्वारा टिका तथा प्रसाद प्रदान

IMG-20241013-WA0244

काठमांडू: नेपाल पुलिसका आइजिपी(महानिरीक्षक) बसन्त बहादुर कुँवरले वडा दसैं २०२४ को अवसरमा रविबार सकल दर्जाका पुलिस कर्मचारीहरूलाई टिका लगाइ दिए।
नेपाल पुलिसको प्रधान कार्यालयस्थित पुलिस आइजिपी (महानिरीक्षक)को निवासमा उपस्थित महानुभावहरूलाई पुलिस आइजिपी (महानिरीक्षक) कुँवरले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे। उक्त अवसरमा नेपाल पुलिस श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टिका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन्। ईच्छुक पुलिस कर्मचारीहरूलाई टिका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो।
टिका तथा प्रसाद ग्रहणका लागि पुलिस एआइजी (अतिरीक्त महानिरीक्षक)हरू लगायत वरिष्ठ पुलिस अधिकृतहरू, नेपाल पुलिस श्रीमती संघका पदाधिकारीहरू, पूर्व पुलिस कर्मचारीहरू, पुलिस अधिकृत तथा जवानहरू एवम् पुलिसका परिवारहरू समेतको उपस्थिती रहेको थियो।
टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement