दार्जिलिङ – भारतीय गोर्खा सुरक्षा परिषदद्वारा आज दार्जिलिङमा केन्द्रीय गृहमन्त्री अमित शाहको पुत्लालाई लिएर जुलुसको आयोजना गरेका छन्। केन्द्रमा रहेको भाजपा सरकारले गोर्खाहरूलाई चुनावको समयमा मात्रा प्रलोभन देखाउने तर काम गर्ने बेलामा चुप लागेर बस्ने भन्दै भारतीय गोर्खा सुरक्षा परिषदद्वारा केन्द्रीय गृहमन्त्री अमित शाहको पुत्ला लिएर विरोध गर्दै दार्जिलिङ बजारमा जुलुस निकालेका छन्। उक्त जुलुसले दार्जिलिङ बजार परिक्रमा गरेका थिए। केन्द्रीय गृहमन्त्री अमित शाहको पुत्ला लिए गरिएको जुलुस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा सुरक्षा परिषदको अध्यक्ष एसपी शर्माले भने, ” गोर्खाहरूलाई जहिले पनि केन्द्रमा रहेको भाजपा सरकारले झुटको राजनीति गरिरहेको र चुनावको बेला मात्रै प्रलोभन देखाउने तर काम गर्ने बेलामा मौन बस्ने हुनाले हामीले गोर्खाहरूप्रति जवाबदेही बनाउन गृहमन्त्रीको पुत्ला लिएर जुलुस गरिरहेको बताएका छन्। “
तिनले अझ भने, ” हामीले यो पुत्ला लिएर जुलुस कालेबुङबाट शुरु गरिएको र आज दार्जिलिङमा भने, अब खरसाङ र मिरिकतिर पनि गरिने साथै यस कार्यक्रमलाई राज्यव्यपी बनाउँदै कोलकता र दिल्लीतिर गरिने छ। ” पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा एसपी शर्माले भने, ” केन्द्रमा रहेको भाजपा सरकारले गोर्खाहरूलाई वास्तवमा के दिनसक्छ त्यो स्पष्ट पारेको हुनुपर्छ भन्दै सदैव झुटको राजनीति गरेर हुँदैन । त्यसैले पनि हामीले यसरी विरोध गरिरहेको भनी बताएका छन्।”