पिता: लक्ष्मीनारायण श्रेष्ठ अनि माता: स्व° मनमाया श्रेष्ठको कोखबाट २७ जनवरी १९६१ मा माइलो सुपुत्रको रुपमा जन्म ग्रहण गर्नु भएका श्री कृष्णबहादुर श्रेष्ठ, जन्मथलो तल्लो गाउँ, सामसिङ चियाकमान अनि कर्मथलो बीरपाडालाई बनाउँदै ६ सेप्टेम्बर १९८४ देखि बीरपाडा नेपाली उच्च विद्यालयमा जीव विज्ञान विषयको शिक्षकको रुपमा शिक्षण पेशामा जोडिन पुगेपछि दुर-दुरन्त चियाकमान , गाउँबस्तीहरुका गरिब परिवारबाट शिक्षार्जनको निम्ति आउने विद्यार्थीहरुका निम्ति मैनबत्ती सरह आफु जलेर ती विद्यार्थीहरुका भविष्य उज्यालो बनाउन आफु अहोरात्र परिश्रम गर्ने एक व्यक्तित्व हुन् श्री श्रेष्ठ।
प्राथमिक तहको शिक्षा घर नजिकैबाट, त्यसपछि सामसिङ विद्यालयबाट आठौं श्रेणीसम्म अध्ययन गरेपछि माध्यमिक तहको शिक्षा कुमुदिनी होम्स कालेबुङ र उच्च माध्यमिक एस°यु°एम°आई° कालेबुङबाट उतिर्ण गरेपछि कालेबुङ महाविद्यालयबाट बी°एस°सी° अनि एस°आर°बी°टी° महाविद्यालय दार्जिलिङबाट बी°एड° को शिक्षा हासिल गरेका हुन्। कलेज पढदादेखि बामपन्थी विचारधारासँग नजिकमा रहेर विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील रहँदै त्यस समयदेखि नै विभिन्न सामाजिक संघसंस्थाहरुसँग संलग्न रहि विभिन्न सामाजिक क्रियाकलापहरु गर्नुभएको कुरो थाहा लाग्दछ। सेतोलाई सेतो अनि कालोलाई कालो भन्न रुचाउने व्यक्तित्वका धनी सानै उमेरदेखि अडिग स्वभावका हुन् भन्ने कुरो उहाँ आफैले कुनै एक विशेष कार्यक्रमतिर बातचित गर्दै गर्दा सुनाउनु भएको रोचक र स्मरणीय किस्साबाट प्रमाण हुँदछ।

बाल्यकालतिर खेतका गह्रा हुँदी आफ्ना साथी-भाईहरुसँग खुब डण्डिबियो खेल्न रुचाउँथे भने एक आपसमा सोझै ढुंगा हानाहान गरेर टाउको फुटाउने खेलहरु पनि खेलेको र कैंयौं पटक आफ्नै निधार ढुंगाको प्रहारले रक्ताम्य भएको रोचक किस्सा उहाँको जीवनमा घटेको थाहा लाग्छ। उनको निधारमा ती चोटका डामहरु अझसम्म पनि देख्न सकिने किसिमको छ। उहाँ एकजना यस्तो व्यक्तित्व हो, जसले जन्मथलो बिर्सेर कर्मथलो बीरपाडालाई आफ्नो स्थायी बसोबास बनाए भने सरकारी नोकरी गर्दा वेतनको रुपमा महिना सिद्दिएपछि हातमा छनछनी पैसा हात लागेतापनि अन्य रंग रौस, मौजमस्तिपट्टि भुलिएनन् बरु सरकारी सेवाको साथसाथै फुर्सदका सबै समयमा समाज , जातीको अग्रगति र विकासको निम्ति कार्य गरिरहे।
कुनै समय उहाँलाई राजनीतिमा देखिए पनि समाजहित र जातीहितपट्टि नै आफ्नो मनसायलाई फोकस राख्न रुचाउँथे भने भाषा, जाती र समाजका कुराहरुमा ठेस लाग्ने सानो कुराहरु सुने बरु विद्रोह नै गर्थे। भाषा संग्रामी हुन्। केहि समयसम्म डुवर्सका माऊ संस्था डुवर्स नेपाली साहित्य विकास समितिको साधरण सदस्य रहे भने वर्तमान उनी यस संस्थाका अध्यक्ष, अध्यक्ष (हाम्रो समाज, भाषिक अल्पसंख्यक संघर्ष समिति) रहेर हरेक कार्यक्रमहरुमा पथप्रदर्शकको रुपमा कार्य गरिरहनु भएको छ। श्री श्रेष्ठज्युले धेरै संघसंस्थाहरुबाट सम्मान प्राप्त गरिसक्नु भएको छ भने ३१ जनवरी २०२१ मा शिक्षण पेशाबाट अवकाश ग्रहणपछि अझ यो क्रम बढिरहेको देख्न पाइन्छ। शिक्षण पेशाको उत्तरार्धमा बीरपाडा नेपाली उच्च विद्यालयको भारप्राप्त शिक्षकको ओहदामा रहँदा विध्यालयको प्रशासनिक, ढाँचागत संरचनामा आफु शक्त बनि विद्यालयको गरिमालाई उच्च राख्न दिलोज्यानले परिश्रम गर्नुभएको छ भने पहाड लगायत तराई अनि डुवर्सभरिकै नेपाली माध्यमका विध्यालयहरु भटाभटी अंग्रेजी माध्यममा परिवर्तित भइरहँदा उनि डटेर नेपाली माध्यमलाई बचाउन पर्खाल जस्तो दृढताका साथ उभिरहे उभिरहे। डुवर्स आजकल’ परामर्श समितिका सदस्य पनि हुन्। मध्य डुवर्स फूलपाती शोभायात्रा आयोजक समिति-२०२४ को तर्फबाट गत् १० अक्टोबर भव्य समारोहबीच चौथो ‘फूलपाती गौरव सम्मान’ ले सम्मानित बनेका छन्। “म समाजसेवी , समाजका वरिष्ठ येनतेन केही पनि होईन, म आफूलाई समाज सचेतक भन्न रुचाउँछु” सम्मान ग्रहण गर्दैगर्दा श्री श्रेष्ठज्युले यसो भने। हार्दिक शुभकामना एवं बधाईll









