दोलखा(चरिकोट): ओखलढुंगाबाट काठमांडू जाँदै गरेको र रामेछापतर्फ आउँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस आइतबार दिउँसो दोलखाको बैत्यश्वर गाउँपालिका ६ गोपीखोलामा एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन्। आज बा ५ ख ५६३१ नम्बर र प्रदेश ३.०१०५ ख३९५६ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि चरिकोट ल्याईएको छ। घाइतेहरुको चरिकोटमा उपचार भइरहेको छ। दुर्घटनाका घाइतेहरूको नाम खुलिसकेको छैन।









