डडेलधुरा: मोटरसाइकल नालामा फालेर भागेका थिए टेकबहादुर
डडेल्धुरामा १४ बर्षीया किशोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अमरगढी नगरपालिका-७ पोखरा बजारकी १४ वर्षीय आरती भट्टराईको हत्या गरेको आरोपमा पोखरा बजारकै ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय डडेलधुराले आज सार्वजनिक गरेको छ। भण्डारी पोखरा बजारमै पुस्तक पसल सञ्चालन गर्दै आएका थिए। उनले आरतीको हत्या आफूले गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।
आरतीको प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको थियो। अक्टूबर ११मा दिउँसो ४ बजे घरबाट मिल गएकी आरती घर नआएपछि परिवारले खोजी कार्य गरेका थिए। प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेपछि उक्त शव आरतीको भएको खुलेको थियो।










