रौतहट: रौतहटमा पेस्तोल र गोली सहित एक जना पक्राउ परेका छन्।
देवाही गोनाही नगरपालिका–६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानबाट पेस्तोल र गोली सहित ५६ वर्षीय भोला राय यादव पक्राउ परेका हुन् ।उनको साथमा मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली ४ राउन्ड, म्यागजिन १ थान र सर्ट गनको २ राउन्ड गोली थियो।









