खरसाङ: खरसाङमा पार्किङ र सानो सड़क मार्गको कारणले प्राय: जस्तो दिनमा ट्राफिक जामको समस्या देखापर्छ। तर दशैंको समयमा पनि खरसाङमा ट्राफिक जामको समस्या देखिएको छ। दशैंको टिकाको भोलिपल्ट आज बिहानको समयमा खरसाङमा ट्राफिक जामको समस्या अत्यन्तै बेसी देखिएको छ। दशैंमा गाड़ीहरू कम कुद्न सक्छ भन्ने अनुमान गरिने भए पनि आज खरसाङमा गाड़ीहरू बेसी मात्रामा देखिएको छ। त्यसैले पनि खरसाङ बजारमा ट्राफिक जामको समस्या देखिएको छ। विशेष गरेर बिहान १० बजेदेखि १२ अनि १ बजेको समयसम्म निक्कै बेसी जाम देखिएको छ। दशैंको समयमा दशैंको टिका लगाउन टाड़ा टाड़ाबाट मानिसहरू आएकोले साथै गाड़ीहरू बेसी रिजर्ब गरेर आएको कारणले पनि निक्कै बेसी जाम देखिएको छ। उक्त जाम खरसाङ बजारदेखि रोहिणी रोडसम्म नौ देखिएको थियो।

खरसाङ बजारदेखि एक किलोमीटरको दुरीमा रहेको रोहिणी जिरोदेखि ओह्रालो रोहिणी रोडतिर पनि अत्यन्तै बेसी जाम देखिएको थियो। यसको साथै पंखाबारी रोडमा पनि जाम देखिएको थियो। उक्त जामलाई खोलाउन लगातार रूपमा ट्राफिक पुलिस प्रशासन लागिपरेको देखियो। खरसाङको जाम अपरान्हको समयमा सामान्य देखिएको थियो।











