शासन प्रणाली कमजोर भएकोले मै मालिकहरूले हल्का लिएको हो: बिमल गुरुङ
खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीमा त्यहाँका श्रमिकहरूद्वारा बोनसको मागमा बसिरहेको अनशन स्थलमा आज गोजमुमो अध्यक्ष विमल गुरुङ पुगेका छन्। उनले आज दार्जीलिङ पहाडका अधिकांश चियाबारीहरू अनि त्यहाँका श्रमिकहरूको यस्तो अवस्था हुनुमा वर्तमान पहाडका सत्तारूढ दलको कारणले हो भनी आरोप लगाएका छन्। उनले आफु सदैव श्रमिकहरूको साथमा रहने पनि वचन दिए। यस अवधि गुरूङले लङ्भ्यु चियाबारीको मालिकसँग पनि टेलिफोनमार्फत् कुराकानी गर्दै झट्ट श्रमिकहरुको रहल बोनस दिने निर्देश दिएका छन्। लङ्भ्यु चियाबारीमा अनशनमा बसेका श्रमिकहरूसित भेटघाटपछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले चियाबारी श्रमिकहरूको बोनसको विषयमा मालिकले किन घुड़ा टेकेको छैन अनि किन हल्का रूपमा लिएको छ भनी प्रश्न गर्दै शासन प्रणाली कड़ा नभएर हो भनी बताएका छन्। उनले शासन कड़ा भएको भए मालिक घुड़ा टेकेर आउँछ भनी बताउँदै हामी शासनमा हुँदा २००९ देखि २०१७ सम्म मालिकहरू कति प्रतिशत बोनस दिनु भनेर अनुरोध गर्दै आउने गर्दथ्यो तर अहिले त अगुवा नौ कमजोर भएकोले भनी बताएका छन्। गोजमुमो अध्यक्ष बिमल गुरुङले आरोप लगाउँदै भने, ‘अहिले अगुवाहरू नौ कति प्रतिशत दिने भन्दै मालिक समक्ष जाने भएकोले नै मालिकहरूले एडभान्सटेज लिएको हो।’
उनले अघि भने, ‘म श्रमिकहरूलाई भन्न चाहान्छु कि आज म आए चर भोलि अर्को नेता आउनेछ तर श्रमिकहरूले बुझ्नुपर्छ। यहाँ जिन्दावाद र मुर्दावादको राजनीतिको कारणले यस्तो भईरहेको छ। राजनीतिले नै कमानहरू बन्द भईरहेको छ। अब धेरै कमानहरू राजनीतिले नै बन्द भईरहेको छ। तर म यहाँ राजनीति गर्न आएको होइन।’

उल्लेखनीय छ खरसाङको लङ्भ्यु चियाबारीमा श्रमिकहरूको अनशनको आज छैंटौं दिन हो। लङ्भ्यु चियाबारीको श्रमिकहरूलाई कम्पनीले केवल १० प्रतिशत मात्र दिएपछि श्रमिकहरू लगातार रूपमा अनशनमा बसिरहेका छन्। चियाबारी श्रमिकहरू हिजो दशैंको टिकाको दिन पनि अनशनमा बसेका थिए भने अनशन स्थलमा नै टिका लगाएका थिए।










