कतिपय विधेयकहरूप्रति विपक्षी एसडीएफ पार्टीले आपत्ति

298882244_431945372299003_9146756594791833873_n.webp

गान्तोक: दुई दिवसीय विधानसभा अधिवेशनमा पारित गरिएका कतिपय विधेयकहरूप्रति विपक्षी एसडीएफ पार्टीले आपत्ति जनाउॅंदै यसमा सुधार आवश्यक रहेको बताएको छ। एसडीएफ प्रचार प्रसार मामिलाका उपाध्यक्ष कृष्ण खरेलद्वारा जारी प्रेस विज्ञप्तिमा कतिपय विधेयकहरू सिक्किमेली जनताको अधिकारमा अतिक्रमण हुने किसिमका रहेका छन् भनी बताएको छ। एसडीएफले अत्यन्तै कठिन प्रक्रिया पुरा गरेर मात्र सामान्य जनले आफ्नो व्यवसाय गर्न पाउने विधेयकहरू पनि रहेकाले सो विधेयकहरूलाई सच्च्याउन अनुरोध गरेको छ।
वाहनहरूको वितरण कुन स्रोतबाट भइरहेको छ भन्ने प्रश्नको जवाफमा मुख्यमन्त्रीले दिएका प्रश्नप्रति पनि एसडीएफले प्रतिक्रिया जनाएको छ। मुख्यमन्त्रीले विधानसभामा दिएको जवाफलाई एसडीएफले गैर जिम्मेवार, विधि-विधानविपरीत र असंवैधानिक ठहर गरेको छ। सदनका नेताले जिम्मेवारपूर्ण, तथ्यपरक र सत्यतामा आधारित जवाफ दिनु पर्नेमा सदनलाई गुमराह गर्ने सिकिमको जवाफ दिएको एसडीएफले आरोप लगाएको छ।
उल्लेखनीय छ, विधायक डीआर थापाले दुई दिवसीय विधानसभा अधिवेशनमा मुख्यमन्त्रीद्वारा वितरण गरिएका वाहनहरूको स्रोतबारे प्रश्न गरेका थिए। जवाफमा मुख्यमन्त्रीले उक्त वाहनहरू सरकारी कोषबाट खरिद गरिएको होइन, शुभचिन्तकहरूले किनेर दिएका हुन् भनी जवाफ दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement