बांके (कोहलपुर): कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरी नजिकै टाउको नभएको शव फेला परेको छ। पिपरीदेखि करिव २ किलोमिटर पुर्वमा अवस्थित शितलनगरमा ४० वर्षका चन्द्रबहादुर कामीको शव फेला परेको हो।
दशैं टिकाको दिन शनिबार राती उनको हत्या भएको थियो। प्रहरीका अनुसार मृतकका बुवाले चन्द्रबहादुरको शव पहिचान गरेका हुन्। मृतकको टाउको फेला परेको छैन। हत्या कस्ले र किन गर्यो भन्नेबारे एकिन हुन नसकेको पनि ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।











