मोरंगको जॉतेमा जंगली हात्तीको आतंक

IMG-20241013-WA0206

मोरंग (बिराटचौक): माेरङकाे लेटाङ नगरपालिका वडा नं. ९, जाँतेमा जंगली हात्तीको आतङ्कले स्थानीय किसानको धानबाली र केराखेतीमा ठूलो क्षति पुर्‍याएको छ। करिब २४ वटा जंगली हात्तीले खेतीबालीमा आक्रमण गर्दा धेरै किसान चिन्तित भएका छन्।
जंगली हात्तीले धानका बोटहरू लडाइदिएको र केराका बोटहरू भाँचिदिएको छ। धान कटनीको समय नजिकै आउँदै गर्दा हात्तीको यस्तो आक्रमणले किसानहरू रातभर जाग्राम बसेको र हात्ती धपाउने प्रयास गरिरहेको बताएका छन्। तर, हात्तीको संख्या धेरै भएका कारण उनीहरूको प्रयास पर्याप्त हुन सकेको छैन। वडा अध्यक्ष नन्द प्रसाद खतिवडा र वडा सदस्य इन्द्र ढकाल, प्रहरी र स्थानिय समेतले उक्त क्षेत्रको निरीक्षण गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement