यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै

IMG-20241013-WA0198

भद्रपुर: ‘यस वर्षको मनसुन शनिवारदेखि पूर्णरुपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यही असो अक्टूबर ६देखि बाहिरिन सुरु गरेको मनसुन शनिवारदेखि पूर्णरूपमा बहिर्गमन भएको हो।
शनिवार अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि शनिवार बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो।
यसअघि अक्टूबर 6 मा सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा अक्टूबर ८मा कर्णली, लुम्बिनी, गण्डकी र काठमांडू भ्यालीबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो।
शनिवार भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो।
यसपालि मनसुन ढिला गरी १० मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरु भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement