खरसाङको धोबीखोलास्थित पुरानो काठको दुई तल्ले घर आगलागीमा जलेर नष्ट

IMG-20241013-WA0155

खरसाङ: खरसाङको धोबीखोलास्थित पुरानो काठको दुई तल्ले घर जलेर नष्ट भएको छ। राती लागेको लागलागीमा परेर उक्त काठको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। खरसाङको धोबीखोलास्थित राष्ट्रिय राजमार्ग ११० सित जोडिएको उक्त काठको घरमा आगलागी भएपछि क्षेत्रमा राती त्रासको माहोल सिर्जना भएको थियो। उक्त आगलागीको घटनापछि खरसाङको अग्निशमन विभागको दमकल र स्थानीयहरूले मिलेर लगभग डेढ घण्टा जति लगाएर आगोलाई नियन्त्रणमा लिइएको छ। प्राप्त जानकारी अनुसार उक्त पुरानो काठको दुई तल्ले घरमा मालिक नभएको र तल्लोपट्टि रेन्टमा मानिसहरू बस्दै आएका थिए। उक्त घरक तल्लोपट्टिको रेन्टमा बस्नेकोबाट घरेलु सिलिण्डर पड़केर आगो लागेको बताइएको छ। उक्त आगलागीको घटनामा काठको दुई तल्ले घर सबै जलेर नष्ट भएको छ। आगालागीमा कुनै ज्यानमालको क्षति नभए पनि घरभित्र रहेको सबै सामानहरू जलेर स्वाहा भएको छ।

उक्त काठको घर नेपाली साहित्यको वरिष्ठ साहित्यकार लक्ष्मण श्रीमलको घर रहेको बताइएको छ। स्व श्रीमलको पितृक घर रहे पनि अहिले उनका परिवार निक्कै अघिदेखि यहाँ बस्न छोडेका थिए। उक्त घर आगलागीमा जलेर स्वाहा भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement