खरसाङ: उत्तर बंगालको अग्रणी टीम युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले गत वर्षहरू झैं यस वर्ष पनि आफ्ना खेलाड़ीहरूलाई दशैंको महोत्सव अघि बोनस प्रदान गऱ्यो। भोकल फर लोकल-को मन्त्रलाई आत्मसात गरी विभिन्न टुर्नामेण्टहरूमा सुनाम अर्जन गर्ने यूकेएफसी-ले आफ्ना खेलाड़ीहरूलाई शुक्रवार बोनस प्रदान गऱ्यो। क्लबको कार्यालयमा भएको संक्षिप्त कार्यक्रममा कप्तान बिरेन प्रधानको साथमा अन्य सबै खेलाड़ीहरूलाई बोनस प्रदान गरियो। यस अवसरमा क्लबका भाईस प्रेसिडेण्ट केनोट लेप्चाको साथमा कोषाध्यक्ष गोपाल छेत्री, मेगराज छेत्री, मुख्य प्रशिक्षक उर्गेन लामा र महिन्द्र प्रधान उपस्थित थिए।








