अभियानलाई सिलगढीमा पुलिसले भाजपाका केही कार्यकर्ताहरूलाई हिरासतमा लिए

IMG_20220824_214233.jpg

सिलगढी: सिलगढी साङ्गठनिक भाजपाको तर्फबाट आज ‘चोर धरो जेल भरो अर्थात चोर पक्रेर जेलमा हाल कार्यक्रमको आयोजना गरेको थियो।यस कार्यक्रम अन्तर्गत एसडीओ कार्यालय जाउ अभियान चलाइयो। सिलगढीको एयर भ्यू मोड़ गाँधी चोकबाट शुरू गरेको उक्त भाजपाको रयली विभिन्न पथको परिभ्रमण गर्दै अन्तमा एसडीओ कार्यालय पुग्यो त्यहाँ भाजपाको यस लीलाई रोक्नको लागि विशाल पुलिस बल अगावै तैनाथ गरिएको थियो। भाजपा नेताहरू अनि कार्यकर्ताहरूको उक्त रयालीलाई एसडीओ कार्यालय पुग्न अगावै पुलिसले रोकीदियो। यसपछि घटनास्थलमा भाजपा कार्यकर्ताहरू अनि पुलिस कर्मीहरू माझ धक्का-मुक्की हुँदा पुलिसले भाजपाका केही कार्यकर्ताहरूलाई हिरासतमा लिए। यसपछि भाजपा नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई रिहा गर्ने माग गर्दै एसडीओ कार्यालय अघिल्तिर बसेर धरना प्रदर्शन शुरू गरे। भाजपाको यस प्यालीलाई लिएर पुलिसले आवाजाहीके लागि रूट परिवर्तन गरिदिएको थियो। यसले गर्दा सहरमा जामको समस्या पनि देखा पर्यो। भाजपा नेताहरूले राज्य सरकारका नेताहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै आज यसको विरोध गर्नको लागि नै सिलगढीमा साङ्गठनिक भाजपाले ‘चोर धरो जेल भरो अभियान शुरू गरेको बताए यसको साथै एसडीओ कार्यालय पुग्न अगावै पुलिसले भाजपा कार्यकर्ताहरूलाई रोक्नको साथै पार्टीका केही कार्यकर्ताहरूलाई पक्राउ समेत गरेको भाजपा नेताहरूले बताए। आज पुलिसले रोके तापनि आगामी दिनमा यसलाई लिएर अझ वृहत आन्दोलन गर्ने तिनीहरूले चेतावनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement