खरसाङ: नेपाली/गोर्खाहरूको महान् चाढ़ बढ़ा दशैंको शुभ अवसरमा पहाड़ र तराई डुवर्सका विभिन्न स्थानहरूमा हर्षोल्लास र भक्तिभावको साथमा पालन गरिएको छ। बढ़ा दशैं नेपालीहरूको मौलिख चाढ़ हो। यस अवसरमा सात समुद्र पारी भए पनि आफ्नो परिवार र आफान्तहरूसित भेटघाट गरिने प्रचलन छ। यसको साथै दशैंमा आफान्त लगायत आफ्नो शाखा सन्तानहरूसित भेटघाट गर्ने गरिन्छ। यस चाढ़मा ठूला बढ़ाकोबाट दशैंको टिका लगाएर आशिर्वाद लिने प्रचलन छ जुन मौलिख र सांस्कृतिक एकताको प्रतिकको रूपमा पालन गर्ने गरिन्छ। बढ़ा दशैंको शुभ अवसरमा दार्जिलिङ पहाड़, तराई डुवर्सका विभिन्न स्थानहरूमा बढ़ो हर्षोल्लास र भक्तिभावको साथमा ठूलाहरूले सानाहरूलाई टिका लगाई दिएर आशिर्वाद दिएका छन्। बढ़ा दशैंको शुभ अवसरमा दशमीको दिन टिका लगाउने गरिन्छ। उक्त टिका विभिन्न स्थानहरूमा हर्षोल्लास र भक्तिभावको साथमा शान्तिपूर्ण ढंगमा पालन गरिएको जानकारी प्राप्त भएको छ।