रक्षामन्त्री राजनाथ सिंहले बढा दशैंमा सुकना सैन्य स्टेशनमा सैनिकहरूका साथ शस्त्र पूजा गरे

unnamed-1-1

गान्तोक: रक्षामन्त्री राजनाथ सिंहले बढा दशैंको अवसरमा १२ अक्टोबरमा न पश्चिम बंगालको सुकना सैन्य स्टेशनमा पारम्परिक शस्त्र पूजा गरे। भारतीय सेनामा यो महत्त्वपूर्ण समारोह राष्ट्रको सम्प्रभुताको रक्षकका रूपमा हतियारप्रति सम्मानको प्रतीक हो। रक्षामन्त्रीले कलश पूजाका साथ कार्यक्रम शुरु गरे, जसपछि शस्त्र पूजा अनि वाहनहरूको पूजा गरे। उनले अत्याधुनिक पैदल सेना, तोपखाना अनि सञ्चार प्रणाली, गतिशीलता प्लेटफर्म अनि ड्रोन प्रणालीसहित कैयौं आधुनिक सैन्य उपकरणको पनि पूजा गरे। रक्षा मन्त्रीको सैनिकहरूका साथ संवादपछि कार्यक्रम समापन भयो।

आफ्नो सम्बोधनमा रक्षा मन्त्री सिंहले सीमामा शान्ति अनि स्थिरता कायम गर्न सशस्त्र बलको सतर्कता अनि महत्त्वपूर्ण भूमिकाको सराहना गरे। उनले बढा दशैं दुष्टमाथि असलको जीतको प्रतीक रहेको र सैनिकहरूमा मानवीय मूल्यप्रति समान सम्मान रहेको बताए।

‘भारतले कहिले पनि कुनै देशमाथि घृणा वा द्वेषका कारण आक्रमण गरेको छैन। हामी तब लड्दछौं, जब कसैले हाम्रो अखण्डता अनि सम्प्रभुताको अपमान गर्दछ वा त्यसलाई नोक्सान पुऱ्याउने कोशिश गर्दछ। तब धर्म, सत्य र मानवीय मूल्य विरुद्ध युद्ध गरिन्छ, यही हामीले विरासतमा पाएका छौं। हामी यस विरासतलाई संरक्षित गर्न जारी राख्नेछौं। तथापि, यदि हाम्रो हितलाई खतरा भए, हामी ठूलो कदम उठाउन संकोच गर्नेछैनौं। शस्त्र पूजा एउटा स्पष्ट संकोच हो, यदि आवश्यक परे हतियार/ उपकरण पूरा तागतका साथ उपयोग गरिनेछ’, रक्षामन्त्रीले भने।

शक्ति, सफलता अनि सुरक्षाका लागि आशीर्वाद माग्न गरिने अनुष्ठानले बढा दशैंको सांस्कृतिक अनि आध्यात्मिक महत्त्व दर्शाउँदछ। यसले देशको सुरक्षामा हतियार प्रणालीको महत्त्वपूर्ण भूमिका रेखाङ्कित गर्दछ। यो राष्ट्रको रक्षाका लागि सशस्त्र बलको तयारी, संकल्प र अटूट समर्पणको प्रतीक हो। यस समारोहले भारतीय सेनाको परम्परा र आधुनिकीकरणको मिश्रण दर्शाउँदछ, जसमा भारतको सम्प्रभुता कायम गर्न र स्वदेशी प्रणाली अनि प्लेटफर्मलाई बढावा दिन ध्यान केन्द्रित गरिएको छ।

यस कार्यक्रममा थल सेना अधअयक्ष जेनरल उपेन्द्र द्विवेदी, मनोनित रक्षा सचिव आरके सिंह, पूर्वी कमानका जेनरल अफिसर कमाण्डिङ इन चीफ लेफ्टिनेन्ट जेनरल रामचन्द्र तिवारी, सीमा सडक सङ्गठनका महानिर्देशक लेफ्टिनेन्ट जेनरल रघु श्रीनिवासन, त्रिशक्ति कोरका जेनरल अफिसर कमाण्डिङ लेफ्टिनेन्ट जुबिन ए मिनवाला र अन्य वरिष्ठ अधिकारी सामेल थिए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement