विराटनगर-धरान जाने यात्रुलाईकरिम अन्सारीले दिए निशुल्क बस सेवा

IMG-20241012-WA0228

मोरंग (विराटनगर): विराटनगरका करिम अन्सारीले नेपालीहरुको महान पर्व विजया दशमी दशैँको अवसरमा निस्शुल्क बसको सेवा दिएका छन्।
शनिबार अपराह्न १२ बजेदेखि विराटनगरको बसपार्कबाट धरान ईटहरी जाने यात्रुहरुलाई निस्शुल्क सेवा दिने भएका हुन्।
उनले यस अघि मलामी जानेहरुको लागि पनि निशुल्क बसको सेवा दिदै आएका थिए। अन्सारीका अनुसार आज टिका लगाएर विराटनगर दुहवी, खनार, ईटहरी, तरहरा र धरानसम्म जाने यात्रुहरुलाई निशुल्क आउजाउको लागि सेवा दिएको छ। अपराह्न १२ विराटनगरदेखि जाने र धरानदेखी दिउसो ३ बजे विराटनगर आउने अन्सारीले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement