खोटाङमा बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दसैँ मनाउँदै

IMG-20241012-WA0072

खोटाङ(दिक्तेल): बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन्।
यही सेप्टेम्बर २७ र २८मा आएको बाढी तथा पहिरोबाट सबैभन्दा बढी बाराहापोखरी गाउँपालिका-५ पौवासेरास्थित बङ्सिलाघाटमा १४ परिवार विस्थापित भएका छन्।
सुनकोशी किनारमा पर्ने बङ्सिलाघाटमा पानी बहाव घट्दै गएपछि केही परिवार बाढीले क्षतिग्रस्त घर मर्मत गर्दै सर्न थालेको स्थानीयवासी एवं नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कार्यसमिति सभापति खिलाराज राईले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement