मोरंग (उर्लाबारी): मोरंग जिल्लाको उर्लाबारी जेसीजका पुर्व अध्यक्ष केशव सुवेदीको निधन भएको छ। ४६ वर्षिय सुवेदीको शुक्रबार राती करिव ११ बजे विराटनगर स्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
उर्लाबारी वडा नम्बर -७ घरभै ईटहरीमा बस्तै आएका सुवेदी कलेजो सम्बन्धी रोगबाट ग्रसित रहेको बताईएको छ।
परिवारस्रोतअनुसार उनको पार्थिव शरिरलाई धार्मीक संस्कारअनुसार आज शनिबार अपरान्ह साडे १२ बजे स्थानीय बक्राहघाट उर्लाबारीमा अन्त्यष्टि गरिने बताईएको छ।